२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नौ वर्षीया नेपाली चेली साल्मालाई मेलबर्नमा ब्ल्याक बेल्ट

968 Shares
Spread the love

अस्ट्रेलियाको मेलबर्नमा नौ वर्षीया बालिका साल्मा बाहम्दुनले टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन्।

सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्माले तीन वर्षकाे उमेरदेखि नै टाइकोण्डो खेल्न शुरु गरेकी थिइन्।

ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि साल्माले प्राप्त गर्नु पर्ने आबश्यक सबै बेल्टहरु प्राप्त गरिन्। उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही समय पर्खनु परेको थियो।

साल्माले ब्ल्याक बेल्ट प्राप्त गरेपछि लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले बधाई दिँदै आगामी दिनमा अझै उदाहरणीय उपलब्धी हासिल गर्ने सफलता मिलोस भनी शुभकामना दिएका थिए।

प्रतिक्रिया