बाढीले भारत पुगेका एउटा गैडाले भारतकै जंगलमा बच्चा जन्मायो
1800
Shares
Spread the love
रबिन्द्र यादव/ नवलपरासी पश्चिम
पुष ६ – बाढीले भारत जंगल पुगेका एउटा गैडा भारत कै जंगलमा बच्चा जन्मायो । रबिन्द्र यादव/ नवलपरासी पश्चिम ६ पौष गत वर्षको बाढीले बगाएर भारत पुर्याएको दुई गैडा मध्ये एक गैंडाले बच्च जन्माएको छ। गैंडा उत्तर प्रदेशको सिरला रेता काठको बंगला भन्ने ठाउँ नजिकै रहेको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवालले बताएका छन्।
सिरला जंगलको बाटो भएर नारायणी नदीमा तटबन्धनको काममा ज्याला मजदुरीका लागि आएका भारत उत्तर प्रदेशका राजकुमार मल्लाहले आफूले डेढ महिना अघिदेखि बच्चा सहितको गैंडा जंगलमा रहेको देखेको बताए । जंगलमा दाउराको लागि जाने स्थानिय लाई उक्त गैंडाले आक्रमण गरेर घाइते पनि बनाएको समेत जानकारी दिए ।
मल्लाहले अाफु धेरै जसो त्यही जंगलको बाटो भएर आउने जाने गर्दा बच्चा सहितको गैंडा देखिने गरेको बताएका छन्। डेढ महिना देखि गैंडा बच्चा सहित देखिने गरेको हो उनी बताउँछन्। अर्को गैंडा भारत विहारको भेडियारी जंगल क्षेत्रमा रहेको र कहिलेकाहिँ नेपाली भूमि सुस्ता आसपासमा देखिने गरेको सुस्ताका स्थानीयले बताए।
गैंडा देखेपछि आफूहरूले चितवन राष्ट्रिय निकुञ्जमा खबर गर्ने गरे पनि निकुञ्जका कर्मचारीको गैर जिम्मेवारीपुर्ण व्यवहारले उक्त गैडा नेपाल फर्काउन समस्या भएको सुस्ता बचाउ अभियानका आदम खांले बताए। बाढिले बगाएर भारतीय क्षेत्रमा पुगेका १० वटा गैंडा मध्ये ७ वटा गैंडा तत्कालै नेपाल फर्काएर चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको थियो भने एउटा गैडा मृत अवस्थामा भेटिएको थियोे ।
पछिल्लो समय ३ वटा गैंडा भारतीय जंगलमा रहेकोमा गत मंसिर २९ गते सुस्ता बासीले नेपाली भूमिमा फर्काउन सफल भएपछि निकुञ्जका वार्डेन वेदप्रसाद ढकाल र प्राविधिक सहितको टोलीले पुस १ गते गैडालाई बेहोस बनाएर डुंगा बाट नारायणी पार गराई ट्रकमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो।
केही दिन अघि नेपाली भूमिनजिकै अर्को गैंडा देखापरेका भएपनि निकुञ्जका कर्मचारीलाई जानकारी गर्दा खासै चासो नगरेकाले गैंडा पुन: भारतकै भेडिहारी जंगलमा फर्किएको जैसवालले बताए। सुस्ताबासीले गैंडा नेपाल फर्काउनका लागि दिन रात खटिने गरेका छन् । तैपनि सम्बन्धित निकायले चासो नदेखाएका कारण पनि २ गैंडालाई अहिलेसम्म नेपाल फर्काउ नसकिएको सुस्ता बचाउ अभियानका सदस्य जैसवालले बताए।
चितवन राष्ट्रिय निकुञ्जका वार्डेन ढकालले गैडाले बच्चा जन्माएको विषयमा जानकारी नआएको भएपनि त्रिवेणी स्थिति बन विभागमा बिहारको बाल्मिकीमा रहेको वन विभागसंग बुझ्न निर्देशन दिएको बताए । ढकालले यस बारेमा आफूले ३ महिना अगाडि देखि परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई पत्राचार समेत भइसकेको जानकारी समेत दिए । भारत सरकार संग औपचारिक अनुरोध गरेर बच्चा सहित दुबै गैडा नेपाल फर्काउने हर संभव प्रयासरत रहेको जानकारी दिए ।
A wild rhino seen around the Chitwan National Park in Sauhara of Chitwan, on Monday, December 27, 2016. Photo: Bal Krishna Thapa/THT