बेलायत। बेलायत संसारको अति बिकसित मुलुकमा पर्दछ, तर त्यो देशमा बर्सेनि ६०० जना घरबारबिहीनहरुको चिसो, ड्रग्स, आत्महत्याको कारणले मृत्यु हुन्छ भन्दा अचम्म लाग्न सक्छ, तर आज बिबिसीले समाचारमा जनाए अनुसार ५ बर्ष भित्र इंगल्याण्ड र वेल्समा मात्रै २६२७ बेलायती घरबारबिहिनहरुको असमयमै मृत्यु भएको अभिलेखमा देखिएको छ।
आज सो समाचार प्रसारण भएकै दिन आज बेलायतमा बसोबास गर्ने नेपालीले स्थानीय घरबारबिहिनहरुको लागि खाना र न्यानो कपडा ब्यबस्था गर्न एक च्यारिटी कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको छ। आयोजक बेलायतस्थित बेजिंगस्टकमा बसोबास गर्ने समाजसेवी शिवजी श्रेष्ठले आफ्नो व्यवसायिक संस्थामा आयोजित च्यारिटी कार्यक्रमबाट उठेको रकम बाट क्याम्रोज डे सेन्टर र नाइट लाइट विन्टर सेल्टर भनी संस्था मार्फत ति असहाय घरबारबिहिनहरुलाई अत्यावश्यक बस्तुहरुको ब्यबस्था गर्ने बताए।
सो अवसरमा स्थानीय बेजिंगस्टक एण्ड डिन काउन्सिलका मेयर सोन केटिंगले एउटा नेपालीले बेलायतमा रहेका बेलायती असहायहरुको लागि यस किसिमको कार्यक्रम गर्नु सह्रानीय कार्य हो, म नेपाली हृदयको सम्मान गर्छु भन्दै रकम संकलनको लागि लिलाम बढाबढ गर्न आफ्ना नातिनीले आफूलाई दिएको उपहार प्रदान गरेका थिए। जसको लिलाम बढाबढबाट राम्रो रकम संकलन भएको थियो।
त्यसैगरी स्थानीय लेबोर पार्टीका अध्यक्ष तथा काउन्सिलर किम टेलरले बेलायतमा रहेका नेपालीहरु बेलायती समाजको अभिन्न अंग रहेको कुरा आजको च्यारिटीले पनि प्रमाणित गर्दछ भनि नेपालीहरुको प्रशंशा गरे। नेपाली परम्परागत सारंगीबाट शुरु भएको सो कार्यक्रममा सयपत्री सांस्कृतिक समाजका अध्यक्ष डम्बर सिंह, प्रभा बि.क., बिष गुरुङ, शुभाशिश श्रेष्ठ, आरन, एन्जल, एरिना लगायतका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका थिए।
बेलायतमा ब्यबसाय गरिरहेका शिवजी श्रेष्ठ नेपालको लागि बिभिन्न च्यारिटीमा संलग्न भइरहन्छन र भन्छन– आफ्नो देशको लागि गर्ने कुरा त छदैछ, तर आफु बसेको देशको लागि पनि केहि गर्नु आफ्नो कर्तब्य हो अनि भन्छन संसारमा जहाका मानिस चिसोले मरेपनि अहिलेको आधुनिक बिश्वलाइ चिमोट्ने कुरा हो नै, जे होस् यसले एउटा संदेश भने दिएको छ।