२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

तुहियो शेयर लगानीकर्ताको आन्दोलन

4619 Shares
Spread the love

काठमाडौं । पूँजी बजार लगानीकर्ताहरुको आन्दोलन तुहिएको छ। सोमबार शुरु आमरण अनसन आन्दोलनकारीले बिहीबार कुनै सफलता नपाए पछि अनसन तोडेका छन्।

पूँजी बजार लगानीकर्ताहरुले पूँजी बजारको विकास र बिस्तारका लागि नेप्से कार्यालय घेराउबाट शुरु भएको आन्दोलन ७ दिन रिले अनसन र ४ दिन आमरण अनसनमा गएर बिहीबार टुंगिएको छ। आमरण अनसन बसेका २ जना लगानीकर्ताले बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी अनसन तोडेका हुन्।

४ दिनदेखि आमरण अनसनमा बसेका लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइरालाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले अनसन तोडाउने निर्णय गरेपछि अनसन तोडिएको लगानीकर्ता नयन बास्तोलाले बताए।

अनलाईन प्रणाली शुरु भएपछि शेयर बजार सुधार हुनुको साँटो लगातार ओरालो लाग्न थालेपछि लगानीकर्ताहरु झन् आक्रोशित भएका थिए। त्यसपछि शेयर लगानीकर्ताहरुले दबाब समूह नाम दिएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरे।

गत आइतबारदेखि उनीहरुले नेप्से कार्यालय अगाडी रिले अनसन थालेका थिए। रिले अनसनबाट आफ्ना माग पुरा नहुने निश्कर्ष निकाल्दै उनीहरुले सोमबारबाट आमरण अनसन नै शुरु गरे।

‘आमरण अनसनमा लगानीकर्ता ढकाल र कोइराला सहमतिका आधारमा आमरण अनसनमा बसे। दवाव समूहका सदस्य बास्तोलाले भने, ‘हामीले पूँजी बजारको विकास र विस्तारका लागि राखेका मागहरु प्रतिबेदनमा समाबेश भएको सुनेपछि, साथै अनसनकर्ताहरुको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएकोले हामीहरुले अनसन तोड्ने निर्णय गरेका हौं।’

‘अर्थमन्त्री डा. युवराज खतिवडा, धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्की, कार्यकारी निर्देशक निरज गिरी, गर्भनर डा. चिरञ्जीबी नेपाल, बीमा समितिका अध्यक्ष डा. चिरञ्जीबी चापागाँई, नेप्से अध्यक्ष लक्ष्मण न्यौपाने र प्रमुख कार्यकारी चन्द्र सिं साउँदको राजीनामासहितका मागहरु अघि सारेका थियौं।’

उनले भने, ‘आन्दोलनमा  केही लगानीकर्ताहरुको पनि असहयोग भएपछि अनसन स्थगन गरिएको बास्तोलाले बताए। ‘अहिलेको लागि हामीले अनसन तोडेका छौं।’, उनले भने, ‘प्रतिबेदनमा हामीले उठाएका बुँदाहरु समाबेश भएपनि कार्यान्वयन हुनुपर्छ।’ यदि मागहरु कार्यान्वयन भएन भने थप आन्दोलन चर्काउने उनले चेतावनी दिए।

आन्दोलनमा शेयर लगानीकर्ता दबाब समूहलाई ऐक्यबद्धता जनाउन नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, डा. रामशरण महत, पूर्व अर्थराज्यमन्त्री उदयसमसेर राणा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, सत्तारुढदलका नेता देव गुरुङ्गलगायत अनसन स्थलमै पुगेका थिए।

साथै राजपा नेपाल, राप्रपा, नेपाली कांग्रेस पार्टीले त प्रेस विज्ञप्ती निकालेरै समर्थन जनाएका थिए।

प्रतिक्रिया