1317
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा घुस रकमसहित एक जना सहायक वन अधिकृतलाई बिहीबार पक्राउ गरेको छ ।
डिभीजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
ठाकुरले वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग ३३ हजार घुस लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।
ठाकुरले सेवाग्राहीसँग बेनी नगरपालिका वडा नं. ७ स्थित आफ्नै घरमा घुस लिन थालेका बेला अख्तियारको टोली घरमै पुगेको थियो । हाल पक्राउ परेका ठाकुर अख्तियारको हिरासतमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।