२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

रेलका लागि सरकारले ५० करोड बजेट छुट्टायो

1575 Shares
Spread the love

पुष ५ सरकारले भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको छ।सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका अनुसार रेल किन्न एक अर्ब रूपैयाँ लाग्ने अनुमान छ।बिहिबार नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले पहिलो चरणमा सरकारले ५० करोड रूपैयाँ बजेट रेल खरिदका लागि छुट्टाएको जानकारी दिए।

भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओली रेल किन्ने पक्षमा उभिएका थिए।बाँस्कोटाले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने बताए।हाल रेलको लिक ओछ्याउने काम सम्पन्न भैसकेको छ।

सरकारले दुई सेट रेल किन्ने तयारी गरे पनि पहिलो चरणमा ५० करोड रूपैयाँ खर्चिएर एक सेट रेल किन्न लागेको हो।जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको हो। सञ्चालन हुन लागेको रेल ब्रोडगेज हो।

प्रतिक्रिया