२०८२, २८ फाल्गुन बिहीबार
×

ट्रेन्डिङ

बिहे भोजमा चाखेको मासु घाँटीमा अड्किएर एकको मृत्यु

4546 Shares
Spread the love

त्रिशूली । बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका-१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ।

आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया