२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

राजधानीमा १५ बर्षीय बालिकामाथि सामूहिक बलात्कार

812 Shares
Spread the love

काठमाडौंको चन्द्रागिरी नगरपालिका–६, मातातीर्थमा १५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको हो । महानगरीय प्रहरी वृत्त, थानकोटले घटनामा संलग्न भएको आशंकामा कैलालीको अत्तरिया–६ घर भएका ३३ वर्षीय डब्बलबहादुर बोहोरासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

वृत्तका प्रमुख डीएसपी कुमार विक्रम थापाले जाहेरी आएको उल्लेख गर्दै अनुसन्धान थालिएको पुष्टि गरे । जोहरीपछि बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाएको उनले बताए । बालिकालाई धम्की दिएर सामूहिक बलात्कार गरिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया