नेपालमा निर्माण गरेको पहिलो अंग्रेजी फिल्म द म्यान फ्रम काठमाण्डु को ट्रेलर र गीत एकसाथ रिलिज भएको छ । ‘आकाशै घुमेर’ बोलको गीतमा नायिका आना शर्मा अमेरिकी अभिनेता जोसे म्यानुअलसंग रोमाण्टिक देखिएकीछिन् । जेशन कुँवर र निकिता श्रेष्ठको स्वरमा रहेको गीतमा जेशन कुँवरको शब्द र संगीत रहेको छ ।
हलिउड , बलिउड र कलिउडसम्मका कलाकारहरुको अभिनय रहेको फिल्म ‘द म्यान फ्रम काठमाण्डु’ क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन यस फिल्मका निर्माता हुन् । अमेरिका र नेपालमा सुट गरिएको फिल्ममा आनासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, परमिता राणा ,आमिर गौतम लगायतको अभिनय रहेको छ ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा उठान गरेको छ । फिल्म निर्देशन पेमा धोन्डुप तिब्बतीले गरेका हुन् । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी फिल्ममा रहेको छ । फिल्म चैत १ मा रिलिज हुँदैछ ।
https://youtu.be/c_NXIpHAcVY