२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पूर्व गर्भनरसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

1575 Shares
Spread the love

पुष ५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेसरी पौडेल र स्थानीय प्रतिनिधि हिमालबहादुर पाँडेविरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो ।

अख्तियारले रावल, पौडेर र पाँडे विरुद्ध ९१ लाख रुपैयाँको दरले झण्डै साढे २ करोड रुपैयाँभन्दा बढी बिगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध नोट छपाईमा अष्ट्रेलीयासँग गैरकानुनी मिलेमतो गरेको, गुणस्तरहीन नोट छपाई भएको, छपाईमा भएको कमीकमजोरी लुकाउन पत्रकारलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाएको लगायत आरोप लागेका छन् ।

प्रतिक्रिया