२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

रवीन्द्र मिश्रको पोस्टमा बाबुरामको कडा जवाफ

894 Shares
Spread the love

पुष ५ -आफूलाई अब्बल देखाउँन दोस्रो पक्षलाई तल झार्ने गिराउँने प्रबृती मानिसहरुमा देखिँदै आएको कुरा हो । राजनितीमा त झन यो आम बिषय बनिसकेको छ । यसैबीच पछिल्लो समय आफूलाई बैकल्पिक शक्तिको रुपमा देखाउँने होडबाजीमा नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी लागि परेको छ । सोही कारण पनि यी दुईले एक अर्काको खुबै आलोचना गर्ने गर्छन् ।

यही मेसोमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक ड.  बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रप्रति सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका छन् ।डा. भट्टराईले ट्वीटरमार्फत पूर्व प्रधानमन्त्री तुलसी गिरीप्रति समर्पित मिश्रको भनाईमा भट्टराईले  ‘काल्पनिक दृष्टिकोणले अग्रगामी वैकल्पिक शक्ति बन्ला ?’ भन्दै प्रश्न गरेका छन् ।

मिश्रले स्वर्गीय डा. गिरी प्रति समवेदना प्रकट गर्दै ट्वीटरमा लेखेका थिए । 

“डा तुलसी गिरीले पञ्चायति निरंकुशताको जग हाल्नुभन्दा बीपीसँग मिलेर अघि बढेमात्र देशको आमूल रूपान्तरण सम्भव छ भनेर राजा महेन्द्रसँग अड्डी लिएको भए आज नेपाल नितान्त भिन्न हुन सक्थ्यो र गिरीको उचाई सगरमाथाजस्तै हुने थियो । उनको आत्मालाई शान्ति मिलोस्।”

यसको जवाफमा डा. भट्टराई लेख्छन्, ” बाघ र बाख्रा संगै मिलेर बसिदिएको हुन्थ्यो !! बाघ र बाख्राको मिलन गराउन सक्ने मान्छे झन् महान हुन्थ्यो १ यस्तो तर्क उचित होला रु बाघ र बाख्राको मिलन भनेको बाख्रालाई बाघको भोजन बन्न राजीरवाध्य पार्नु होइन र रु इतिहासप्रतिको यस्तो काल्पनिक दृष्टिकोणले अग्रगामी वैकल्पिक शक्ति बन्ला र ?”

 

 

प्रतिक्रिया