२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

‘क्याप्टेन’को ‘ब्रेकअप’ बिरुद्ध उजुरी

2174 Shares
Spread the love

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा युवा जमातको आर्कषण बढेसंगै फिल्म बन्ने क्रम निकै बढ्दो छ । सोही कारण पनि एउटै मितीमा २ वा ४ वटा फिल्मसम्म जुध्न थालेका छन् । २ वटासम्म त ठिकै हो तर ४ ४ वटा फिल्महरु एकसाथ लाग्दा कुन हेर्ने भनेर दर्शकहरु पनि अन्यौलमा पर्छन् भने सबै फिल्महरुलाई नोक्सान पनि हुँदै आएको छ । तथापी फिल्म जुध्न भने छोडेको छैन ।

सोही कारणले पनि जब २ ठुला फिल्महरु जुध्न थाल्छन् भने त्यसको चर्चा सिनेबृतमा निकै हुन्छ र यसले सिने क्षेत्र नै तरंगित बनाउँने गर्छ । यसैबीच अनमोल केसी स्टारर फिल्म क्याप्टेन र हेमराज बिसीको निर्देशनमा बनेको फिल्म द ब्रेकअप एउटै मितीमा जुध्ने भएपछि दुबै फिल्म समस्यामा परेका छन् । यी दुबै फिल्म फागुन १७ मा रिलिज हुँदैछ ।

दुबै फिल्म ठुलो लगानीमा निर्माण भएको फिल्म पनि हो । त्यसैले फागुन १७ लाई छक्का पञ्जा र जय भोलेको प्रतिष्पर्धापछि अर्काे ठुलो भिडन्तको रुपमा हेरिएको छ । यसैबीच क्याप्टेनको तर्फबा द ब्रेकअपका निर्देशक हेमराज बिसीबिरुद्ध चलचित्र संघमा उजुरी परेको छ । । क्याप्टेनका वितरक मनोज राठीले ब्रेकअपको रिलिज डेटलाई लिएर उजुरी दिएका हुन् ।

उनले फागुन १७ लाई पहिले नै क्याप्टेनले लक गरेको र ब्रेकअपले रिलिज मिती तोक्दा आफुहरुसंग कुनै सल्लाह नै नगरी फागुन १७ लाई रोजेको भन्दै उजुरी दिएको गोप्य श्रोतको भनाइ छ । क्याप्टेनसंगै ब्रेकअपको वितरणको जिम्मा मनोजले नै लिएको र दुबै फिल्म एकैसाथ जुध्दा आफुलाई मर्का पर्ने भन्दै उनले उजुरी दिएका हुन् ।

वितरकसंग सल्लाह नै नगरी निर्देशकले जथाभावी फिल्मको रिलिज मिती तोक्दा आफुलाई अप्ठ्यारो परेको भन्दै उनले फागुन १७ मा द ब्रेकअपको रिलिज रोक्न माग गरेका छन् । उता हेमराजले पनि आफनो फिल्म ठुलो लगानीमा बनेको र लगानी सुरक्षित गर्ने हिसाबले फागुन १७ भन्दा राम्रो मिती आफुले नपाएको बताउँदै आएका छन् । अब हेरौँ यो प्रकरणले कस्तो प्रतिक्रिया देखाउँने हो । के क्याप्टेन र द ब्रेकअप जुधेरै छोड्ला ?

 

 

प्रतिक्रिया