काठमाडौं । नेपाली भान्सामा टमाटर प्राय जसो हुने गर्छ। टमाटरलाई कुनै तरकारीसंग पकाएर, अचार बनाएर वा सलादको रुपमा पनि खान सकिन्छ।
यदि टमाटरलाई सही रुपमा र आफ्नो समस्यालाई बुझेर नियमित प्रयोग गर्ने हो भने, यो औषधी पनि सावित हुनसक्छ। बिहान उठेर टमाटर खानु राम्रो मानिन्छ। गर्भवती महिलाले टमाटरको जुस खानाले बच्चाको विकास राम्रोसंग हुन्छ।
शरीरको तौल घटाउनको लागि बिहान र बेलुका १र१ गिलास टमाटरको जुस पिउनाले फाइदा हुन्छ। बिहान टमाटरमा नुन, धनियाँ र मरिच मिलेर खानाले पेटमा भएको समस्या हराउँछ भने अनुहारमा पनि चमक आउँछ।
टमाटरलाई अनुहारमा लेप लगाउनाले अनुहारमा भएको काल दाग विस्तारै हट्दै जान्छ र अनुहार सफा हुन्छ। त्यस्तै, टमाटरको लगातार सेवनको मधुमेह, पिसाबको समस्या, आँखाको समस्या पनि हट्दै जान्छ। टमाटरले शरीरलाई हल्का बनाउनुका साथै फिट रहन मद्दत गर्छ।
https://youtu.be/RPt1BCHv9gY