२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

यी ४ जनाको भाग्य परीक्षा भोलि !, तपाईको बिचारमा को बन्ला नेपालको ‘दोश्रो नेपाल आईडल’ ?

960 Shares
Spread the love

काठमाण्डौं । नेपाल आइडल सिजन २ को ‘फिनाले’ भोलि हुँदैछ । शुक्रबार राति चारमध्येबाट एकजना ‘दोस्रो नेपाल आइडल’ घोषित हुने छन् । आइडलको फाइनलमा पुगेका रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी मध्येबाट एकजना आइडल हुने छन् ।

को बन्ला त आइडल ? निकै चासोका साथ हेरिएको यो प्रश्नको सत्य जवाफ भोलि नै भेटिने छ । प्रतिस्पर्धीको नेपाल आइडल अनुभव कस्तो रह्यो होला ? आगामी योजनाबारे के भन्छन् आइडलका चार प्रतिस्पर्धी ?

अस्मिता अधिकारी :

सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर काठमाडौँ अडिसनमा देखापरिन्, झापाकी अस्मिता अधिकारी । उनको परिवारमा कोही पनि संगीतमा आबद्ध छैन । तर, उनी भने पहिलादेखि नै भजन गाउँथिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर आइडलमा आएकी हुन् । पढाइ र रुचि फरक-फरक भए पनि आगामी दिनमा दुवैलाई सँगसँगै अगाडि बढ्ने उनको सोच छ ।

‘सेवाका लागि नर्स, रुचिका लागि गायिका बन्छु,’ अस्मिता भन्छिन्, ‘गीत सुनाउँदै बिरामीको उपचार गर्छु।’ नर्सिङमा मास्ट्र्स गर्ने उद्देश्य लिएकी उनले संगीतलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचेकी छिन् । अरुणा लामा, तारादेवी, नारायणगोपालका गीत उनलाई मन पर्छन् । ‘अञ्जु पन्तको चाहिँ फ्यान नै हुँ,’ उनी भन्छिन्, ‘पहिला पप गीत सुन्ने र गाउने गर्थें। पछि आधुनिक गीत गाउन र सुन्न थालेँ।’

रवि ओड :

नेपाल आइडलको दोस्रो संस्करणमा टप फोरको सूचीमा सुदूरपश्चिमबाट एक जना मात्रै प्रतिस्पर्धी छन्, रवि ओड। धनगढी अडिसनमा कमल खत्रीको ‘जाउला रेलैमा’ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए ।

रवि ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धी हुन् । शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन् । सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे । विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइहाल्थे। ‘मेरो बाजे स्थानीय देउडा गाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबै जनाले मलाई बाजेको गुण सरेको भन्छन् ।’

बिक्रम बराल :

पोखराका विक्रम बराल पप, क्लासिकदेखि सुगम संगीतका पारखी हुन् । उनले एसएलसीपछि पोखराको त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिके । नारायणगोपाल, गुलाम अली र अरुण थापा उनका आइडल हुन् । ‘पहिला-पहिला नवीन के भट्टराईलाई पनि एकदमै सुन्थेँ,’ विक्रम भन्छन्, ‘रक सङ गाउन एकदमै मन पथ्र्यो ।’ उनकी आमा पनि संगीत पारखी हुन् ।

आमाको सपना र बुबाको आशीर्वादले आफू यहाँसम्म आइपुगेको उनी बताउँछन् । ‘भोट गरेर जिताउने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘आगामी दिनमा पनि त्यही साथ र सपोर्टको अपेक्षा गरेको छु ।’ विक्रमले फिल्म ‘प्रसाद’का लागि गीत गाइसकेका छन् । उनी गोल्डन माइक विजेता पनि हुन् । फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ र एउटा रक प्याटर्नको गीत गाएर उनले गोल्डन माइक जितेका थिए ।

सुमित पाठक :

झापाका सुमित पाठक गोल्डन माइक विजेता हुन् । काठमाडौँ अडिसनमा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएर उनको नेपाल आइडलको यात्रा सुरु भएको थियो । ‘म सानैदेखि तबला बजाउँथेँ,’ उनी भन्छन्, ‘बुबाको म्युजिक इन्स्टिच्युट भएकाले म्युजिक सिक्न धेरै सजिलो भयो ।’ सुमितले कक्षा सातमा पढ्दादेखि नै गिटार बजाउन थाले ।

‘युट्युबबाट हेरेर गिटार बजाउन सिक्थेँ,’ उनी भन्छन्, ‘म रक, मेटल, सेन्टिमेन्टल, क्लासिकल सबै गीत सुन्न र गाउन मन पराउँछु ।’ उनले नेपाली फिल्म ‘अमेरिका ब्वाइज’मा समेत गीत गाइसकेका छन् । ‘नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत धेरै सुन्छु,’ उनी भन्छन् । १० वर्षको उमेरमा आमा गुमाएका सुमित आमाकै यादलाई म्युजिकमा ढालेको बताउँछन् । ‘नेपाल आइडलले मलाई धेरै आमाहरूको माया दिएको छ,’ उनी भन्छन्, ‘आमाको मप्रति केही बनोस् भन्ने सपना थियो । नेपाल आइडलले त्यो सपना पूरा गरिदिएको छ । सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया