२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

आदिवासी जनजातिले चाडपर्वमा राष्ट्रिय बिदा माग्दै प्रदर्शन , विभिन्न देशका तामाङहरु सहभागी

1362 Shares
Spread the love

आशिस तामाङ , काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन माइतीघरमा गरेका छन् ।

सोनाम ल्होसार,ग्याल्बो ल्होसार,तमु ल्होसार,उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजनिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा अन्तराष्ट्रिय तामाङ परीषदको चौथो सम्मेलन मिरिकमा भाग लिएर फर्केका अमेरिका ,जापान , बेल्जियम, इजरायल , साइप्रस ,युएई ,कतार , साउदी अरब, बहराइन , ओमन र कुवेतका प्रतिनिधिहरु समेत प्लेकार्ड बोकेर सहभागी भएका थिए |

सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन घोषणा गरेको थियो ।

प्रतिक्रिया