२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नवलपरासीमा बस दुर्घटना हुदा १ को मृत्यु, १० जना घाइते

1032 Shares
Spread the love

पुष ५ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको चालिस किलो जगंलनजिक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १० भन्दा बढी घाइते छन् ।

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार बिहान ८ बजे भएको दुर्घटनामा पुरुषको मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।

दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १ जनालाई भने चितवनको भरतपुर लगिएको छ ।अनियन्त्रित भएर पल्टेको बस सडकबाट तल खसेको छ ।

प्रतिक्रिया