२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

पार्टी सभापति देउवालाई गगनले पठाए विशेष महाधिवेशनको निमन्त्रणा

0 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले सभापति देउवालाई विशेष महाधिवेशनको निमन्त्रणा पठाएका हुन्। उनले विशेष महाधिवेशनको दिन पुस २७ गते कार्यक्रममा सहभागी हुन आग्रहसहित सन्देश सुनाइदिन कार्यबहाक सभापति खड्कालाई आग्रह गरेका छन्।

पुस २७ गते पार्टी सभापति सहभागी हुनुपर्छ। त्यसले उहाँकै मान बढाउँछ। अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ। कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्‍याइदिनु होला,’ उनले भनेका थिए।

प्रतिक्रिया