२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

आजदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

1422 Shares
Spread the love

 

नेपालको हवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ आजदेखि मन्ट्रियल महासन्धि लागू भएको छ ।

यो महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुनेछ । हवाई उड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्ने लक्ष्यका साथ महासन्धि लागू गर्न लागिएको हो ।

महासन्धिअनुसार हवाई यात्रुले बीमाबापत एक करोड २४ लाख ४१ हजार प्राप्त गर्ने छ । साविकमा हवाई यात्रुले २० लाख अर्थात् २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका थिए ।

प्रतिक्रिया