२०८२, २८ फाल्गुन बिहीबार
×

ट्रेन्डिङ

पहिलेबाटै बेलायत बस्थिन् गीता

0 Shares
Spread the love

काठमाडौं। गीताले पछिल्लो समय भाइरल कन्टेन्टमा रमाउने भीडलाई आफू आदर्श बन्दै सांसद पदबाट राजीनामा दिएकी थिइन् ।

‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन’, जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको राजीनामा पत्रमा उनले भनेकी थिइन्, ‘तसर्थ, आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’

तर आदर्श वाक्यसहित राजीनामा सांसद पदबाट बुझाएकी गीता पहिलेबाटै बेलायतमा बस्दै आएकी थिइन् । लामो समयदेखि बेलायतमा रहेकी उनी पछिल्लो समय उतै गएर बसेकी हुन् ।

गीताका एकजना आफन्तका अनुसार जनमतका केन्द्रीय सदस्यसमेत रहेका पति कैलाश गुरुङलाई गीताले नै उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गराएकी हुन् ।

उनको परिवार लामो समयदेखि बेलायतमै बस्दै आएको छ । गीताले बेलायतमै स्थायी बसोबासको विकल्प रोजेसँगै कैलाश गत चैत ९ गते जनमतबाट जसपातिर लागेका थिए ।

जनमतकी समानुपातिक सांसद गुरुङले उक्त राजीनामा जनमत छाडेर जसपा बनिसकेका उनै पतिमार्फत् सार्वजनिक गरेकी हुन् ।

बेलायतमा बस्ने भएकाले जनमतकी गीता रुपन्देहीबाट समानुपातिक सांसद भए पनि प्रदेशसभामा कम उपस्थित हुनेमा पर्थिन् । अघिल्लो सत्रको संसद अधिवेशनमा उनी सबैभन्दा कम उपस्थित हुने सांसदमा थिइन् । गुरुङ प्रदेशसभाका ६१ बैठकमध्ये २७ वटामा मात्रै उपस्थित भएकी थिइन्। उनले स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेको बताएकी थिइन् ।

प्रतिक्रिया