२०८२, १० बैशाख बुधबार
×

ट्रेन्डिङ

रेशम-सीकेले पार्टीको नाम जनमत राख्ने, चुनाव चिन्ह ढकिया

0 Shares

बर्दिया । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने पक्का भएको छ।

सीके राउत नेतृत्वको जनमत र रेशम चौधरी नेतृत्वको उन्मुक्तिबीच एकीकरण हुने पक्का भएको हो।

बैशाख १५ गते विशेष समारोहबीच एकीकरणको औपचारिक घोषणा गरिने जनमतका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।

एकीकरणपछि पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने पनि सहमति भएको उनले बताए। आइतबार अबेरसम्म बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो।

खानका अनुसार पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहनेछन भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ।

निर्वाचन क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ भने चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिइने भएको छ।

पार्टी एकीकरणका लागि वैशाख ५ र ६ मा टीकापुरमा नाउपाको बैठक बस्ने तथा सो एक साताभित्रमा जनमतको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने गरी एकीकरणको तयारी तीब्र पारिएको छ।

प्रतिक्रिया