२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

एमालेले काठमाडौंमा चैत १८ गते मोटरसाइकल र्‍याली गर्ने

0 Shares
Spread the love

काठमाडौं । एमाले वाग्मती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले चैत ११ गते प्रदेशका सबै पालिकाका वडाहरूमा जना सभा गर्ने निर्णय गरेको छ ।

 

यसै गरी चैत १८ गते उपत्यका बाहेकका १० वटा जिल्लामा जागरण सभा गर्ने बैठकले निर्णय गरेको छ । उपत्यकामा भने चैत १८ गते मोटरसाइकल र्‍याली गर्ने निर्णय भएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन ।

राजतन्त्रका पक्षधरहरुले लोकतन्त्र विरुद्ध भ्रम फिँजाएको भन्दै एमालेले त्यसका विरुद्ध सभा गर्न लागेको हो ।

प्रतिक्रिया