२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

घरमै यसरी बनाउन सकिन्छ मीठो आमरस

3325 Shares

काठमाडौं । फलफुलमा आँपलाई फलफूलको राजा मानिन्छ। अहिले आँपको सिजन चलिरहेको छ । आँपलाई काँचो हुँदा अचारको रुपमा प्रयोग गर्न सकिन्छ भने पाकिसकेपछि पनि यसलाई विभिन्न तरिकाले खान सकिन्छ।

आँपलाई ताजा फलफुल संगै आमरस बनाएर खान पनि सकिन्छ । घरमा धेरै आँप भएको समयमा आमरस बनाउँदा आँपलाई बिग्रन बाट बचाउन सकिन्छ भने नयाँ स्वाद लिन पनि सकिन्छ।

आमरस बनाउनको लागि आवश्यक सामग्री :
पाकेको आँप , दुध, चिनी, अलैंची, सुकमेलको धुलो

विधि :
आँपको बोक्रा निकालेर सानो सानो टुक्रामा काट्ने ।
अब त्यसलाई मिक्सरमा राख्ने ।
त्यसमा थोरै दुध राख्ने ।
अब त्यसमा चिनी, अलैंची, सुकमेलको धूलो राख्ने।
अब त्यसलाई मिक्स गरिदिने ।
आमरस तयार भयो र यदि यसलाई चिसो बनाएर खान चाहनुहुन्छ भने केही समय फ्रिजमा राख्ने।

प्रतिक्रिया