२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

प्रतिनिधिसमा सुरू, सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश

0 Shares
Spread the love

काठमाडौं – प्रतिनिधिसभा बैठक सुरू भएको छ। बिहीबारको प्रतिनिधिसभामा सरकारले संसदमा लगेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएका छन्।

प्रतिनिधिसभामा अध्यादेशको कार्यसूची नै हटाइएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस र एमाले अध्यादेश प्रस्तुत गर्न पछि हटेपछि कार्यसूची फेरिएको हो। प्रतिनिधिसभामा सांसदहरूले विभिन्न ठाउँका समस्याबारे कुरा राखिरहेका छन्।

राष्ट्रिय सभामा देखिएको अंकगणितका कारण अध्यादेश पास नहुने देखिएपछि सत्तापक्ष अध्यादेश प्रस्तुत गर्न पछि हटेको हो।

अध्यादेश पास हुन जनता समाजवादी पार्टी (जसपा)सँग सत्तारुढ दलले सहकार्य गर्न जरुरी छ। जसपासँगको संवाद टुंगोमा नपुगेकाले बिहीबार अध्यादेश प्रस्तुत गर्न नसकिएको एमालेका एक नेताले बताए।

राष्ट्रिय सभामा सत्तापक्ष एमाले-कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका २७ जना सांसद छन्। अध्यादेश पास हुन ३० संख्या पुर्‍याउनुपर्ने हुन्छ, जो जसपासँग तीन सिट छ।

जसपाले मधेस प्रदेशको मुख्यमन्त्री माग गरेको छ। उक्त माग दिनेबारे कांग्रेस-एमालेमा सहमति जुटिसकेको छैन।

 

प्रतिक्रिया