२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज

0 Shares
Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ। खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ।

राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ।

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको विप्रेसण नियमावली २०७९(प्रथम संशोधनसहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ।

राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ।

प्रतिक्रिया