२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

एमालेलाइ कार्यालय भवन बनाउने बाटो खुल्यो, सर्वोच्चले गरिदियो रिट खारेज

0 Shares
Spread the love

काठमाडौं । नेकपा एमालेलाइ किर्तिपुरमा केन्द्रिय कार्यालय भवन वनाउने बाटो खुलेको छ ।

 

 

 

सर्वोच्च अदालतले आज एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सबन्धि बिबाद टुंग्याउँदै बाटो खुल्ला गरेको हो ।

 

 

सर्वोच्चका न्यायाधीशदय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको छ ।

 

 

 

यसअघि पटक पटक पेशी चढेर पनि सुनवाइ स्थगित भइरहेको बेला आज भने सर्वोच्चले रिट खारेज गरेर भवन निर्माण गर्न बाटो खुल्ला गरिदिएको हो ।

 

 

व्यवसायी  गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा यसअघिकाे अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।

प्रतिक्रिया