२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

एक डेन्टिस्ट, जसले दाँतको उपचारमा आएका पूर्व ब्वाइफ्रेन्डका सवै दाँत उखेलिदिइन्

983 Shares
Spread the love

एजेन्सी– पोल्यान्डकी  एक डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको सवै दाँत निकालिदिएकी छिन्। आफूलाई छाडेर नयाँ केटीसाथी बनाएको झोकमा उनले यस्तो गरेकी हुन्।

अन्ना म्याविक नामकी ती डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको दाँतको उपचार गर्ने क्रममा गरेको गल्तीले तीन वर्ष जेल सजाय भोग्न सक्ने देखिएको छ।

उनका पूर्व केटासाथी मारेक वल्सजेवस्कीले ब्रेकअपको केही दिनपछि दाँत दुख्न थालेपछि डेन्टिस्ट पूर्व केटीसाथी अन्नालाई गुहारेका थिए।

‘मैले व्यवसायिक हुने प्रयास गरेकी थिएँ तर मेरो आवेगसँग हारें,’ ३४ वषीया अन्ना भन्छिन्, ‘मैले जब ऊ पल्टिरहेको देखें, लाग्यो– कस्ता वाइयात मान्छे ।’
त्यसपछि उनले तुरुन्तै एनेस्थेसियाको कडा डोज दिइन्। एकपछि अर्को गर्दै सवै दाँत उखेली दिइन्।

उनले गिँजामा ब्यान्डेज बाँधिदिइन्। सामान्य तरिकाले त्यहाँबाट बाहिरिइन्।

‘जब म होसमा आएँ, मलाई थाहा भयो कि केही न केही गलत भएको छ,’ ४५ वर्षीय वल्सजेवस्की भन्छन्, ‘मैले मेरो मुखमा कुनैपनि दाँत नरहेको र गिँजामा ब्यान्डेज बाँधिएको महशुस गरें ।’

उनले आफ्नो अपार्टमेन्ट नपुगुन्जेल आफूमाथि यति डरलाग्दो घटना घटेको भने थाहा पाउन सकेनन् । ‘मैले घर पुगेर ऐना हेरें । म आफैंलाई विश्वास लागेन । उनले त मेरो पूरै मुख खाली गरिदिइछन्,’ उनले भने।

त्यसपछि वल्सजेवस्कीले दाँत प्रत्यारोपण गरेका छन् । उनकी नयाँ केटीसाथीले दाँत नभएको केटासाथी झेल्न सकनिन्, त्यसैले छाडिदिइन्।
डेन्टिस्ट अन्नामाथि मेडिकल मालप्य्राक्टिस गरेको भन्दै अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया