२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

कांग्रेसको स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन

0 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन—२०८१ केन्द्रीय संयोजन समिति गठन गरेका हुन् ।

समितिको सदस्यहरुमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्य मधु आचार्य र सदस्य सचिवमा प्रकाश शर्मा रहेका छन् ।

प्रतिक्रिया