२०८३, २८ श्रावण बिहीबार
×

ट्रेन्डिङ

मोदीसँगको भेटबारे परराष्ट्रमन्त्री आरजु : ध्यान दिएर सुन्नुभयो

0 Shares
Spread the love

काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरु मार्फत संवाद सुरु हुने विश्वास व्यक्त गरेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा बाढी, एअर रुट, पञ्चेश्वर लगायत मुद्दामा कुराकानी भएको उनले जानकारी दिइन् ।

मोदीसँग भएको भेटबारे उनले भनिन्, ‘ध्यान दिएर सुन्नुभयो । नेपाललाई एकदमै माया गर्नु हुँदोरहेछ । यो कुराहरुमा अगाडि बढ्न आफ्नो देशको संयन्त्रलाई हाम्रै अगाडि अह्राउनुभयो ।’

भारतले नेपालप्रति एकदमै सदासयता देखाएको भन्दै उनले भनिन्, ‘जति पनि संयन्त्रहरु छन्, त्यो सबै सुचारु रुपमा सञ्चालन हुन्छ भन्ने आशा गर्छु ।’

प्रतिक्रिया