२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

देउवाको टिप्पणीः ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफूले बेचेर कांग्रेसलाई आरोप लगाए

0 Shares
Spread the love

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि–स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको कुरा बाहिर आएको भन्दै उहाँले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गर्नुभयो । उहाँले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताउनुभयो ।

‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि । त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ । अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ । काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’ सभापति देउवाले भन्नुभयो ।

सभापति देउवाले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताउनुभयो ।

प्रतिक्रिया