२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

विश्वप्रकाशको प्रधानमन्त्रीलाई अपिल- रास्वपाले मागे जस्तो २०४७ यता सार्बजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौ

0 Shares
Spread the love

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्बजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारे अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न समेत आग्रह गरेका छन् ।

उनले भने- सम्माननिय @PM_nepal_ लाई सार्वजनिक अपील !
१) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं ।

२) सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं !

प्रतिक्रिया