२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

सुदूरपश्चिमको आगामी बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट

77 Shares
Spread the love

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितमा सत्तापक्ष दलकै सांसद असन्तुष्ट देखिएका छन्।

सोमबार बसेको तीन दलका संसदीय नेताको बैठकले सरकारको बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको हो। सत्तापक्ष दलमा रहेको नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बजेट पारितमा समर्थन नगर्ने निर्णय गरेको छ।

आगामी आर्थिक वर्षको बजेट ल्याउँदा आफना दल नेतासँग छलफल नगरि तथा सुझावलाई नसमेटिएको भन्दै बजेट पारितमा सहयोग नगर्ने सो निर्णयमा उल्लेख छ।

Family celebrating Dashain and Dussehra beside festive foods; “Celebrate Tradition. Share Happiness.” “DASHAIN & DUSSEHRA” “Festival Essentials Collection” “FREE DELIVERY OVER £50” “MASALAMART.COM”
A joyful family celebration showcases traditional decorations, festive foods, and essential products for Dashain and Dussehra.

नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी पार्टीका दलका नेता दीर्घबहादुर सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हष्ताक्षर रहेको निर्णयमा भनिएको छ,‘जनताको आवश्यकता र औचित्य विपरित बजेट आएको छ। उक्त बजेटका विषयगत क्षेत्रहरुमा पनि पुरै सन्तुलन नभएको, राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुभुति भएको छ।’

उनीहरूले समयमै बजेट सन्तुलित बनाउन माग गरेका छन्।

 

प्रतिक्रिया