२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

सिन्धुलीमा भारतीय कार दुर्घटना, चारजनाको मृत्यु

786 Shares
Spread the love

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

तीनजनाको घटनास्थलमै र एक जनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार गयराति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए।

कार करिब ५०० मिटर तल खसेको छ। मृत्यु भएकाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाईते एक जनाको सिन्धुली अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया