२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडक: पहिरोको जोखिम उच्च

1271 Shares
Spread the love

भरतपुर । सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ।

भूगर्भविद् डा रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताए। “अहिले सडक विस्तार र सडकको भित्ता काट्न निर्माण गरिएको गाइडलाइन (मार्गनिर्देशन) नै गलत छ। हामी पहिला पहाडको चट्टान काट्छौँ। अनि तल सामान्य ‘टोवाल’ लगाएर माथि त्यसै छाड्छौँ। अनि त पानी पर्ने बित्तिकै त्यो पहिरोका रूपमा सडकमा झर्ने नै भयो”, लामो समयदेखि सडकसँगैका पहिरो अध्ययन अनुसन्धानमा जुटेका डा दाहालले भने।

विश्व बैङ्कको सहयोगमा सन् २०१५ को अप्रिलमा सम्झौता भई तीन अर्ब ३६ करोड रुपियाँ लागतमा चार वर्ष लगाएर ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक विस्तार गरिएको हो। एसियाली मापदण्डबमोजिम दुई लेनको सडक बनाउने योजनाअनुसार यो सडकको निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणका क्रममा पहाड काटिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट (आईसीटी)ले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएको थियो।

आईसीटीको विज्ञ टोलीले सडकको ३१ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनालाई सुझाव दिएको थियो। सोही प्राविधिक सुझावका आधारमा आयोजनाले थप १४ करोड रुपियाँ खर्च गरी पहिरो नियन्त्रणको काम पनि ग¥यो तर पहिरो रोकिएन। सडकको २० किलो, १४ किलो, १४ किलो, पाँचकिलो, चार किलोलगायत एक दर्जन ठाउँमा अहिले पनि सामान्य वर्षात् हुँदा पहिरोको समस्या भइरहन्छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया