604557
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। मंगलबार तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज प्रतितोला २ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ४ सय ५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार १ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ।