२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

सन्दीपविरुद्धको मुद्दा फैसलाको पेशी न्यायाधीस घिमिरेको इजलासमा

1967 Shares
Spread the love

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दाको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एक इजलासमा सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको हो । यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।

यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।

प्रतिक्रिया