२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

मौसम पूर्वानुमान : एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

1214 Shares
Spread the love

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, रातीसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाईएको छ ।

प्रतिक्रिया