२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

घटेको हवाई भाडा आजदेखि लागू हुने

1362 Shares
Spread the love

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० ले कटौती गरेको थियो। सोअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा तीन सय ४५ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० कायम भएको छ।

काठमाडौं–भद्रपुर रुटमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ हवाई भाडा घटेको छ।

प्रतिक्रिया