२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

2053 Shares
Spread the love

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो ।

आज एक तोला छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख आठ हजारमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया