२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

आज चैत २१ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

974 Shares
Spread the love

आज श्री शाके १९४५ । बि.स.२०७९ चैत्र २१ गते मंगलबार ।  इश्वी सन २०२३ अप्रिल ४ तारीख । चैत्र शुक्ल पक्ष चतुर्दशी तिथी पूर्वफाल्गुनी नक्षत्र पश्चात उत्तरफाल्गुनी नक्षत्र वृद्धि योग तैतिल करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु महावीर जयन्ती (ज्यो.प. सरोज घिमिरे)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजाेर देखिनाले काम दाेहाेर्याउनुपर्ला। अरूको फाइदाका लागि उपयोग भइनेछ। उद्योग र व्यापारमा कम मात्र फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। साेख र आवश्यकताले खर्च बढ्नेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझतिर अभिभावकका माध्यमबाट काम बन्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मनग्य धनलाभ हुनाले दैनिकीमा परिवर्तन आउनेछ। साँझतिर आर्थिक र बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। असल व्यवहारले मान–सम्मान दिलाउनेछ

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। नयाँ योजना थाल्ने साइत जुर्न सक्छ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामबाट मनग्य लाभ मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। साँझतिर टाढाको यात्रा सम्भावित देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउने चेष्टा गर्नेछन्। चाुनाैतीपूर्ण जिम्मेवारी आउने हुँदा परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामाजिक दायित्व हातलागी हुनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य पनि हुन सक्छ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ।आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। साँझतिर कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। केही आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। साँझतिर व्यापार बढ्नेछ। तर मनाेरञ्जन खर्चिलो हुनेछ। आफन्तसँग सुमधुर सम्बन्ध कायम राख्न व्यवहारमा सजग रहनुहोला।

प्रतिक्रिया