२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

आज कोशी र गण्डकी प्रदेशमा वर्षा हुने

967 Shares
Spread the love

काठमाडौं। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू–भागमा भने आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार राति भने देशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया