२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

पाथिभरा दर्शन गरी फर्कंदै गरेको कार दुर्घटना हुँदा एकजनाको मृत्यु, चार घाइते

1046 Shares
Spread the love

पाँचथर। पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुइसय मिटर तल खसेर सो दूर्घटना भएको हो ।

झापा बिर्तामोड नगरपालिका( ४ नमुना टोल निवासी १८ बर्षिय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ४० बर्षिय सिता भुजेल, ४५ बर्षिय राजु भुजेल र ३९ बर्षिय मिना भुजेल गम्भिर घाइते भएका छन्, भने १३ बर्षिय राजमोहन भुजेल सामान्य घाइते भएका छन् । उनिहरु एकै परिवारका सदस्य हुन् ।

करिब सातबजे बाक्लो हुस्सुसँगै वर्षा पनि भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते चारैजनालाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको छ ।

प्रतिक्रिया