1763
Shares
काठमाडौ । रेडियो नेपालकी समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ।
उनकाे बिहीबार राति न्यूरो अस्पतालमा ८६ वर्षकाे उमेरमा निधन भएको हो। क्यान्सर रोगबाट पीडित ताम्राकारकाे उपचारकाे क्रममा निधन भएकाे हाे।
ताम्राकार रेडियाे नेपालकाे पहिलाे समाचार वाचिका हुन्। उनले २०१८ जेठबाट रेडियो नेपालकाे यात्रा सुरु गरेकी थिइन्।
नेपाल एयरलाइन्सको जागिर छाडेर उनले रेडियो यात्रा सुरु गरेकी थिइन्। जसकारणले उनलाई लाेकप्रियता दिएकाे थियाे।