२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

प्रयोगमै नरहेका विषादीको परीक्षण

1447 Shares
Spread the love

काठमाडौं । नेपाल र भारतमा उत्पादित तरकारीमा प्रयोगमा नै नरहेका विषादीको परीक्षण गरेर आमउपभोक्तालाई झुक्याउने काम गरिँदै आएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालामार्फत देशका २२ स्थानमा द्रुत विषादी अवशेष विश्लेषण (आरबीटीआर) प्रविधिमार्फत प्रयोगमा नै नरहेका विषादी परीक्षण गर्ने गरिएको छ।

खाद्य विभागले विभिन्न १५ स्थानमा र केन्द्रीय प्रयोगशालाले कालीमाटीसहित विभिन्न सात स्थानमा आरबीटीआर प्रविधिमार्फत तरकारीको परीक्षण गर्दै आएको छ।

नेपाल र भारतमा प्रतिबन्ध लगाइएकाले प्रयोगमा नरहेका अर्गायानो–फोस्फेट र कार्बामेट्स समूहका विषादी परीक्षण गरेर राज्यको साधनस्रोतको दुरुपयोग हुँदै आएको छ। बाली संरक्षणविज्ञ डा डिल्लीराम शर्माले भने, “नेपाल र भारतमा प्रयोग नहुने समूहका विषादी परीक्षण गरिँदै आएको छ। परीक्षणपछि विषादीरहित तरकारी भएको प्रतिवेदन तयार गरी आमउपभोक्तालाई धोका दिने काम गरिएको छ। यो तमासा रोकिनुपर्छ।”

झन्डै १० वर्ष पहिले नै प्रतिबन्ध लगाएका विषादी परीक्षण गरेर राज्यको साधनस्रोत दुरुपयोग गरिरहेको उहाँको तर्क छ। उहाँका अनुसार नेपाल र भारतमा पछिल्लो पटक तरकारी उत्पादनमा बढी प्रयोग हुने सिन्थेटिक पाइथोराइड र ट्राइथाइट कार्बामेट दुई समूहका विषादीको अधिक प्रयोग हुने गरेको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया