२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

माओवादीद्वारा विश्वविद्यालयलाई पत्राचार

1810 Shares
Spread the love

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले विद्यार्थी सङ्गठन विघटन नभएको भन्दै विश्वविद्यालय र आङ्गिक क्याम्पसलाई पत्र पठाएको छ। पार्टीका महासचिव देवप्रसाद गुरुङले अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह नेतृत्वको कमिटी आधिकारिक भएको भन्दै पत्र पठाएका हुन् ।

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, कृषि वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयलाई पत्र पठाइएको छ। अखिल क्रान्तिकारीमा सिंह नेतृत्वको कमिटीविरुद्ध पवन कार्कीले देशैभर समानान्तर कमिटी बनाउँदै आएका छन्। पत्रमा भनिएको छ, “अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंहले नेतृत्व गरिरहनुभएको विद्यार्थी सङ्गठन हाम्रो आधिकारिक भ्रातृ सङ्गठन भएको जानकारी गराइन्छ।”

प्रतिक्रिया