२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

प्रदेश १ अब ‘कोशी प्रदेश’

632 Shares
Spread the love

काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम परिवर्तन भएको छ। अब प्रदेश १ को नाम कोशी प्रदेश राखिएको छ।

बुधबार बसेको प्रदेश सभाका बहुमत सदस्यले कोशी प्रदेशको प्रस्तावमा समर्थन जनाएपछि प्रदेश १ को नामांकन कोशी प्रदेश भएको हो।

नामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्।

कोशी प्रदेशको पक्षमा ८२ जनाले समर्थन गरेका छन् भने ४ जना विपक्षमा रहेका छन्।

कोशी प्रदेशको प्रस्ताव नेकपा एमालेले राखेको थियो

प्रतिक्रिया