२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय बजारमा फेरि पेट्रोलियमको मूल्यवृद्धि, निगमलाई १५ दिनमा दुई अर्ब घाटा

3176 Shares
Spread the love

काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको भन्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको छ ।

बुधबार इण्डियन आयल कर्पाेरेशन (आईओसी) ले नयाँ मूल्य सूची पठाएपछि निगमले विज्ञप्ति जारी गर्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको हो ।

विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा आईओसीले नयाँ मूल्य सूची पठाएको पनि निगमले जनाएको छ ।

आईओसीले पठाएको सूचीअनुसार प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।

निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेकोसमेत जनाएको छ ।

प्रतिक्रिया