एजेन्सी। अमेरिकामा बस्ने दाजुबहिनी माइक र मारिया लोपेजले उनीहरुका हजुरबुवाको मृत्यु भएपछि उनको एक बाकस खोले । मारिया र माइक सानै छँदा उनीहरुका हजुरबुवाले उनीहरुलाई किसिम–किसिमका कथाहरु सुनाउँथे । ती कथाहरु सुन्दा यी दाजुबहिनीले कहिल्यै सोचेका पनि थिएनन् कि उनका हजुरबुवाले जो कथा सुनाउँथे ती काल्पनिक कथा थिएनन् बरु ती सबै वास्तविक घटना थिए । उनीहरु यिनै कथा सुन्दै हुर्किएका थिए ।
![]()
माइकका अनुसार उनीहरुका हजुरबुवाले उनीहरुलाई समुद्री लुटेराको कथा सुनाउँथे । उनीहरुका हजुरबुवाले एउटा लुटेराको कथा भने धेरै पटक सुनाए जुन लुटेराको नाम जोस ग्यासपर थियो । माइकका हजुरबुवाले भन्थे कि उनले त्यो लुटेराको खजाना खोजेका छन् । तर काइम र मारियाले उनका कुरा ध्यान दिँदैनथे । उनीहरुलाई लाग्थ्यो कि उनीहरुका हजुरबुवाले उनीहरुसँग मजाक गर्दैछन् ।
![]()
दुवै दाजुबहिनी ठूला भए । एक दिन अचानक उनीहरुका हजुरबुवाको मृत्यु भयो । हजुरबुवाको मृत्युपछि यी दुईले हजुरबुवाको कोठा सफा गर्ने तयारी गरे र सफाइका क्रममा उनीहरुले एउटा काठको बाकस भेट्टाए । बाकस खोल्नासाथ त्यसको माथिल्लो भागमा एउटा तस्वीर देखियो । उनीहरुलाई लाग्यो यो फोटो शायद उनीहरुका जिजुहजुरबुवाको हुन सक्छ । त्यसपछि उनीहरुले यो रहस्यमयी बाकसभित्र खोतल्न सुरु गरे ।
![]()
उनीहरुले एउटा पुरानो कागज भेट्टाए । यो कागजमा एउटा नक्सा थियो । यो १९३० मा बनेको फ्लोरिडाको नक्सा थियो । दुवैलाई लाग्यो कि यो बाकसमा पक्कै कुनै रहस्य लुकेको छ । बाकसको भित्री भाग खोल्नासाथ माइक र मारिया आत्तिएर चिच्याए । माइकले भने ‘त्यो दृश्य कुनै हरर फिल्मभन्दा कम थिएन र त्यो दृश्य हामीले फिल्ममा होइन प्रत्यक्ष देख्दै थियौं ।’ त्यहाँ कुनै मान्छेको हात थियो ।
![]()
यो हात निकै सम्हालेर राखिएको थियो । यो हातको औंलामा एउटा औंठी पनि थियो । त्यहाँ केही पुरानो समयका सिक्काहरु पनि थिए । यी सिक्काहरु सोह्रौं शताब्दीका थिए । सिक्काहरु पोर्चुगल वा स्पेनका जस्ता देखिन्थे । यी दुई दाजुबहिनीको मनमा एउटै प्रश्न उठ्यो कि यो हात कसको हो र उनीहरुका हजुरबुवाको बाकसमा कसरी आयो ? दुवै निकै उत्सुक थिए र उनीहरु यी सिक्का तथा हातको रहस्य जान्न चाहन्थे ।
![]()
यी रहस्य बुझ्न उनीहरुले एक एक्सपर्ट बोलाए । एक्सपर्टले देख्नासाथ बताइदिए कि यी सिक्काहरु समुद्री लुटेराको समयका हुन् । यो सुन्नासाथ दुवै दाजुबहिनी जिल्ल परे । उनीहरुलाई बल्ल थाहा भयो कि सानैमा उनका हजुरबुवा उनीहरुलाई जो कथा सुनाउँथे उनीहरु कथामात्र थिएनन् । ती सबै वास्तविक घटना थिए । अर्को ठूलो प्रश्न त्यो हातको थियो । एक्सपर्टले हातमा भएको औंठीको आधारमा भने कि यो हात कुनै समुद्री लुटेराको हो । यद्यपि त्यो हात कुन लुटेराको थियो भन्ने रहस्य भने खुल्न सकेन ।
![]()