२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

संजीब पराजुलीको ‘त्यो सपना…’ भिडियो सार्वजनिक

2138 Shares
Spread the love

काठमाडौँ । नाईं मलाई थाहा छैन, एउटा कुरा भनू – तिमी मलाई मन पर्छ, पहिलो भेटैमा, हिट हिट गीत जस्ता अन्य थुप्रै चर्चित गीतहरुका गायक सन्जिब पराजुली नयाँ गीत ‘त्यो सपना…’ लिएर आएका छन् । सुगम संगीतले सजिएको यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत र सन्जिब बराइलीको संगीत संयोजन रहेको छ । गायक सन्जिब पराजुली, रचनाकार होमनाथ न्यौपाने र संगीतकार दीपक भट्टराईको संयुक्त एल्बम ‘त्यो सपना’ केहि महिना अघि सार्वजनिक एल्बम मा समावेश यो शिर्षक गीत हो ।

‘त्यो सपना…’ गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका मरिश्का पोखरेललाई देख्न सकिन्छ । नायिका मरिश्का पोखरेल कै भिडियोको निर्देशनमा तयार भएको यस भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने दृश्य सम्पादन निशान घिमिरेको रहेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया