२०८३, १८ असार बिहीबार
×

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,६३८ जनामा कोरोना संक्रमण

2044 Shares
Spread the love

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार २ सय ८० जना, भक्तपुरमा १ सय ९६ जना र ललितपुरमा १ सय ६२ जनासहित काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा उपत्यकामा ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

 

प्रतिक्रिया