२०८३, १८ असार बिहीबार
×

ट्रेन्डिङ

पछिल्लो २४ घन्टामा १,४९७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६९ हजार नाघ्यो

1396 Shares
Spread the love

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ६९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ९७ जनासहित देशभर संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५० हजार ४ सय ११ जना निको भएर घर फर्किएका छन् भने ४ सय ५३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया